जगदुल्ला हाइड्राेपावर निर्माणकाेलागि प्रक्रिया अगाडि बढाउन सांसद बुढाकाे आग्रह,मन्त्री र सभापतिसंग भेटघाट 

डाेल्पा । पुर्व शहरी बिकास मन्त्री तथा डाेल्पा जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य धन बहादुर बुढा जगदुल्ला हाइड्रोपावर (१०६ मेगावाट ) निर्माणकाेलागि प्रक्रिया अगाडि बढाउन सभामुख मार्फत सरकारकाे ध्यानाकर्षण गराएका छन ।

आज मंगलबार संघीय सदनबाट पुर्व मन्त्री समेत रहेका सांसद बुढाले कर्णाली प्रदेश संगै डाेल्पा जिल्लाकाे मुख्य मेरुदण्डको रुपमा हेरिएको जगदुल्ला हाइड्रोपावर लाई असफल बनाउनकाे लागि धेरैकाे चहलखेल भैरहेको सांसद बुढाले बताएका छन । जगदुल्ला हाइड्रोपावर देशकै गाैरवकाे आयाेजना भएकाे हुदा तत्काल छानवीन छलफल गरि निर्माणकार्य अगाडि बढाउन सांसद बुढाले आग्रह गरेका छन।  निर्माणको लागि ठेक्का प्रक्रिया छनाैट गर्दा नियम कानुन संगत हुने भएकाे हुदा सामान्य उजुरी सार्वजनिक लेखा समितिमा परेकाे आधारमै काम राेक्न नहुने उनले बताए छन।

उर्जा मन्त्री खड्का र लेखा समिति सभापति पाैडेल संग सांसद बुढाकाे भेटघाट :

पुर्व शहरी बिकास मन्त्री तथा प्रतिनिधि सभा सदस्य धन बहादुर बुढाले संघीय सरकारका उर्जा मन्त्री दिपक खड्का र सार्वजनिक लेखा समितिका सभापति ऋषकेश पाैडेल संग भेटघाट गरेका छन । देशकै गाैरवकाे आयाेजना जगदुल्ला हाइड्रोपावर निर्माण प्रक्रिया ठेक्का विवाद विषयमा मन्त्री खड्का र सभापति पाैडेल संग छलफल भएकाे सांसद बुढाले जानकारी दिए ।

सांसद बुढा संगकाे भेटमा उर्जा मन्त्री दिपक खड्का र सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पाैडेलले जगदुल्ला हाइड्रोपावर निर्माणकार्यकाे लागि ठेक्का प्रक्रियामा आएकाे बाधा अड्चन छिट्टै टुंगो लगाउने आश्वासन दिएका छन ।

जगदुल्ला हाइड्रोपावर निर्माणको लागि गत जेठमा ठेक्का आह्वान गरिएको थियाे। जगदुल्ला हाइड्रोपावरलाई असफल बनाउन ठेकेदार पक्षहरुबाट लाक्पा शेर्पा भाेटे नामक नक्कली व्यक्ति खडा गरी उजुरी दिएकाे हुन सक्ने भन्दै एक जना व्यक्तिको उजुरीका आधारमा देशलाई घाटा हुनेगरी काम राेक्न नहुने भन्दै स्थानीयहरु आक्राेशित भएका छन। डाेल्पाकाे मेरुदण्डको रुपमा हेरिएता पनि राष्ट्रकाे गाैरवकाे आयाेजना अलपत्र पार्न नहुने स्थानीय बुद्धिजीवीहरुकाे भनाइ छ।

जगदुल्ला हाइड्रोपावर निर्माणकाे लागि एउटा ठेक्का विवादीत भएतापनि अन्य गतिविधि निरन्तर भैरहेको जगदुल्ला जलविद्युत कम्पनीका कार्यकारी निर्देशक सन्जय सापकाेटाले बताएका छ। विवादीत ठेक्का प्रक्रियाकाे पनि विभिन्न सराेकारवाला विच छलफल भैरहेकोले छिट्टै कार्यनयनमा विश्वास रहेकाे निर्देशक सापकोटाले बताए ।

तपाईको प्रतिक्रिया