डाेल्पा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति डाेल्पाकाे साेमबार बसेकाे बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि एकल नाम सिफारिस गरेकाे छ। डाेल्पाबाट नेपाली कांग्रेसकाे तर्फबाट नेपाली कांग्रेस केन्द्रीय सदस्य कर्ण बहादुर बुढालाई एकल नाम सिफारिस गरिएको हाे।
केन्द्रीय सदस्य बुढा बलियो उम्मेदवार भएकाे भन्दै जिल्ला कार्यसमितिको बैठकले सर्वसम्मत एकल उम्मेदवारकाे लागि केन्द्रीय कार्यसमितिमा सिफारिस गरेकाे नेपाली कांग्रेस डाेल्पाका पार्टी सचिव हिक्मत बहादुर शाहीले जानकारी दिए।

फोक्सुण्डो खबर । २३ मंसिर २०८२, सोमबार