डाेल्पा जिल्ला परियोजना सल्लाहकार समितिकाे बार्षिक समीक्षा बैठक सम्पन्न

डाेल्पा। जिल्ला समन्वय समिति डाेल्पकाे सभा हलमा जिल्ला स्तरीय परियोजना समन्वय सल्लाहकार  समिति डाेल्पाकाे बार्षिक समीक्षा बैठक सम्पन्न भएकाे छ। जिसस डाेल्पाका प्रमुख तथा जिल्ला परियाेजना समन्वय समितिका अध्यक्ष श्याम बहादुर राेकायाकाे अध्यक्षतामा बसेकाे बैठकमा BMZ काे आर्थिक सहयाेग, प्लान इन्टरनेशनल नेपालकाे साँझेदारीमा र स्याक नेपालद्वारा संचालित किशोरी सशक्तीकरण परियाेजना अन्तरगतका गतिविधि र परियोजनाकाे आर्थिक लागत बारे छलफल तथा समिक्षा गरिएकाे हाे।

प्लान इन्टरनेशनल नेपाल डाेल्पाका परियोजना बिशेषज्ञ सन्तोष पुलामीले सन २०२५ भित्र डाेल्पाकाे ठुलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकामा संचालित किशोरी सशक्तीकरण परियाेजना अन्तरगत संचालित क्रियाकलापबारे जानकारी गराएका थिए। बार्षिक समिक्षा कार्यक्रममा सहभागीहरुलाई परियोजना अन्तरगत यस बर्ष भित्र सामुदायिक विधालय, समुदाय र स्वास्थ्य संस्थामा पुर्वाधार निर्माण, किशोर किशोरी,शिक्षक तथा अभिभावकमा क्षमता बृद्वि जस्ता दर्जनौं क्रियाकलाप संचालन गरि सम्पन्न गरेकाे परियोजना बिशेषज्ञ पुलामीले जानकारी गराएका थिए।

प्लान इन्टरनेशनल नेपालले सन २०१४ देखि डाेल्पामा विभिन्न परियोजन संचालन गर्दै आइरहेको छ। समावेशी, सुरक्षित र न्यायपूर्ण समाजकाे निर्माण गर्ने उदेश्यले BMZ काे आर्थिक सहयाेग, प्लान इन्टरनेशनल नेपालकाे साँझेदारीमा र स्याक नेपालद्वारा संचालित किशोरी सशक्तीकरण परियाेजनाले सन २०२३ देखि २०२८ सम्मकाे रणनीति तयार गरि डाेल्पाकाे ठुलीभेरी र त्रिपुरासुन्दरीका विभिन्न सामुदायिक विधालय, समुदाय र स्वास्थ्य संस्थामा विभिन्न क्रियाकलाप संचालन भैरहेका छन।

शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ संगै बिशेष गरि बालिका किशोरी तथा युवा महिलाहरु सशक्त हुनुका साथै आत्मसम्मान र आफ्नाे अधिकारकाे रक्षा गर्नमा परियोजनाले जाेड दिएकाे पाइएको छ।

किशोरी सशक्तीकरण परियोजनाले सन २०२५ भित्र एक बर्षकाे अबधिमा ठुलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाका गरि १९ वटा सामुदायिक विधालय, समुदाय र स्वस्थ्य संस्थामा विभिन्न क्रियाकलाप संचालन गरिएको छ। यस एक बर्षकाे अवधिमा सुविधासम्पन्न  बाल तथा अपाङ्गता मैत्री ५ वटा साैचालय निर्माण, १५ वटा सामुदायिक विधालयमा सुरक्षित महिनावारी कक्ष निर्माण, १५ वटा सामुदायिक विधालयमा किशोर किशोरी सूचनामैत्री कर्णर निर्माण, किशोरीमैत्री स्वस्थ्य सेवा प्रदान गर्न शिक्षक शिक्षिका तथा स्वास्थ्यकर्मीलाई तालिम संचालन लगाएतका विभिन्न स्वास्थ सरसफाइ खानेपानी तथा शैक्षिक क्रियाकलाप संचालन भइ सम्पन्न भएका छन।

परियोजना संचालन पछि महिनावारीकाे समयमा विधालयमा विधार्थीकाे उपस्थितमा सुधार, खुला रुपमा कुरा गर्ने आत्मविश्वासमा बृद्वि,  निर्णय गर्ने क्षमतामा सुधार, सेवामा पहुँचमा सुधार, नेतृत्वदायी क्षमतामा विकास, समुदायको सकरात्मक समर्थन लगाएतका प्रमुख उपलब्धि रहेकाे जनाइएको छ।

परियोजना संचालनमा संयुक्त याेजना, संयुक्त अनुगमन, क्षमता विकास, सेवा प्रवर्द्धनमा उपयोग, समुदायको संलग्नता, वकालत तथा बजेट विनियोजन लगाएका क्रियाकलापमा सराेकारवाला संग समन्वय भएकाे पाइएको छ।

स्थानीय तहका जिम्मेवार निकाय सक्रिय नहुनु, विभिन्न कार्यविधि तथा ऐन कानुन निर्माणमा अभाव हुदा र भाैगाेलिक बिकट तथा बर्षातले परियोजना संचालनमा चुनाैति रहेता पनि विभिन्न बैकल्पिक माध्यमबाट क्रियाकलाप संचालन गरिएको र यी चुनाैतिले आगामी दिनमा परियोजना संचालन गर्न थप सिकाइ भएकाे बताइएको छ।

हाम्रो समुदाय तथा सार्वजनिक स्थानमा जुनसुकै निकायले बनाएका संरचना तथा क्रियाकलापलाई संरक्षण गर्ने र निरन्तरता दिने दायित्व स्थानीय सरकारकाे रहेकाे जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख तथा जिल्ला परियोजनासल्लाहकार समिति डाेल्पाका अध्यक्ष श्याम बहादुर राेकायाले बताए । कार्यक्रम संचालन गर्नु मात्र ठुलाे कुरा हाेइन कत्तिको प्रभावकारी भयाे भन्नेमा ध्यान दिनु  आवश्यक रहेकाे प्रमुख राेकायाले बताएका छन। परियोजना संचालन गर्दा केकस्ता परिवर्तन प्रभाव भयाे भन्ने विषयमा तथ्यांक राख्न उनले सुझाव दिएका छन।

तपाईको प्रतिक्रिया